एकै हौं तिमी म, 

तथापी फरक कसरी ?

एकै खोला दुईतर्फी,

किनार जसरी ।।


 

लक्ष्य एउटै तिम्रो मेरो

मात्र फरक सेरोफेरोले

दुनिया सारा विचारधारा,

त्यसको घेरोले ।।

 

एउटै धर्तीमा,

धरातल फरक

एकै रङ्गको,

रक्तकोषको पोष फरक ।।

 

मनमा बहने,

भावना फरक ,

चाहाको नियुक्ति,

रमाना फरक ।।

 

दंभ फरक, अहंकार,

तिम्रो मेरो जित हार, 

हाय किन यत्ति धेरै फरक?

 

तिमी जातीमा मान्छे

तर भिन्न कसरी ?

कसले, किन एकै हुन,

दिन्न कसरी ?

 

कर्मले कि धर्मले ?

गर्भले की भुगर्भले ?

तिमी त्यो देशमा, यो

शासनले फरक कि प्रशासनले ??

साँच्चै फरक कि भासनले ?

 

तिमी एक म अर्को,

अँ, एउटै बगैचाको,

तिमी त्यो फूल यो

उस्तै तर फरक अस्तित्व

हासो एकै तर बास्ना भिन्न ?

कसले ? भन कसले ?

मित्रता गास्न दिन्न ?

 

छुट्टै बंगैचामा भएपनि

फुल्ने धर्म

कर्तव्य, भएको रङ्ग

बासना छर्न ।।

 

चञ्चल मनको चुम्बन

स्विकार गर्छौ 

लान्छन् भगवान पुज्न,

सिकार हुन्छौं 

हामी चुडिन्छौ बोटबाट

यसरी-उसरी

हामी किनबेच हुने,

ब्यापार हुन्छौं ।।

 

पैसामा बदलिन्छौं,

हामी उस्तै हुन्छौं

कहाँ फरक ?

अन्ततः  दुरुस्तै हुन्छौं

कहाँ अनेक?

तिमी ,

एक हुन्छौं ।।

चक्रभ्यूमा परेर  पुनः

एकमा अनेक हुन्छौं ।।


तिम्रो म, मेरो तिमी

जे जस्तो हौं,

दामी हुन्छौं ।

तिमी र म,

हामी हुन्छौं ।। 

(हरेक प्राणीको आआफ्नै ठाउँमा अस्तित्व र महत्व हुन्छ । सबै अतुलनिय र अद्भुत हुन्छन् ।  यस कविताको तात्पर्य  समाजमा हरेक प्राणी उस्तै हुन् । हरेकको अस्तित्व र भूमिका फरक होला । कर्तव्य र दायित्व फरक होला । अनेक स्वरुपमा एकै वर्ग वा जाति, हामी मानव हौं । समाजमा तेरो र मेरो भावले विनाश र हामी र हाम्रो भन्ने भावले नयाँ समाजको निर्माण गर्छ ।  जसरी एउटा शरिरमा पनि दुई भाग हुन्छ । अनेकता र एकता पनि एक अर्काका पर्याय हुन् । समाज सन्तुलनको लागि जो आवश्यक छ । )



Comments