Skip to main content

Posts

Featured

एकै हौं तिमी र म,  तथापी फरक कसरी ? एकै खोला दुईतर्फी , किनार जसरी ।।   लक्ष्य एउटै तिम्रो र मेरो मात्र फरक सेरोफेरोले । दुनिया सारा विचारधारा , त्यसको घेरोले ।।   एउटै धर्तीमा , धरातल फरक छ । एकै रङ्गको , रक्तकोषको पोष फरक छ ।।   मनमा बहने , भावना फरक छ , चाहाको नियुक्ति , रमाना फरक छ ।।   दंभ फरक , अहंकार , तिम्रो मेरो जित हार ,   हाय किन यत्ति धेरै फरक ?   तिमी र म जातीमा मान्छे तर भिन्न कसरी ? कसले , किन एकै हुन , दिन्न कसरी ?   कर्मले कि धर्मले ? गर्भले की भुगर्भले ? तिमी त्यो देशमा , म यो शासनले फरक कि प्रशासनले ?? साँच्चै फरक कि भासनले ?   तिमी एक म अर्को, अँ , एउटै बगैचाको , तिमी त्यो फूल म यो उस्तै तर फरक अस्तित्व हासो एकै तर बास्ना भिन्न ? कसले ? भन कसले ? मित्रता गास्न दिन्न ?   छुट्टै बंगैचामा भएपनि फुल्ने धर्म छ । कर्तव्य , भएको रङ्ग र बासना छर्न छ ।।   चञ्चल मनको चुम्बन स्विकार गर्

Latest Posts